जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १९:२९

प्रधानमन्त्री ओली र बेलायती समकक्षी मेबीच भेटवार्ता (फोटो फिचरसहित)


काठमाडौं । बेलायत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेसा मेबीच भेटवार्ता भएको छ । लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटमा भएको भेटमा द्धिपक्षिय हितका विषयमा कुराकानी भएको हो।

भेटका क्रममा व्यापार, लगानी, लगायतका विषयमा केही सम्झौतामा समेत हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । १७ वर्ष पछि नेपालका प्रधानमन्त्रीले गरेको पहिलो बेलायत भ्रमणका क्रममा ब्रिटिस गोर्खा सेनाका मुद्दामा समेत छलफल भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभाबाट लण्डन पुग्नुभएका प्रधानमन्त्री ओलीले हिजो अक्फोर्ड युनियनले आयोजना गरेको एक कार्यक्रममा नेपालले समृद्धि हासिल गरेका मुलुक पनि गरिबी, असमानता, संघर्ष, जलवायु परिवर्तन र आतंकवादबाट पूर्ण रुपले मुक्त नरहेको उल्लेख गर्नुभयो ।