काठमाडौं, जेठ २५
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास आज पनि स्थगित भएको छ । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास हिजो पनि स्थगित गरिएको थियो ।
हिजो प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबरा विरामी परेका कारण स्थगित भएको इजलास आज पनि नबस्ने भएके हो । तर आज किन स्थगित भयो भन्ने विषयमा सुचना भने सर्वोच्चले निकालेको छैन । संसद विघटन सम्बन्धी मुद्दा हेर्न आइतबार प्रधानन्यायाधीश जबराले पाँच सदस्यीय संवैधानिक इजलास गठन गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्