जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार १९:२६

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, उच्च प्राथमिकतामा कोरोना नियन्त्रण र उपचार


काठमाडौं, जेठ २७

कोरोना संक्रमण नियन्त्रण र उपचारलाई उच्च प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको तर्फबाट प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आज प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ । प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तामा हेरफेर, सबै विद्यालयमा एक विद्यालय–एक नर्स कार्यक्रम, एक वडा–एक स्वास्थ्य केन्द्र लगायतको कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।