सुर्खेत, जेठ २८
यौन दुर्व्यवहारमा परेकी किशोरी र राउटे समुदायसँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भेटघाट गर्नुभएको छ । आज मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा भेटघाट भएको शाहीको सचिवालयले जनाएको छ । सो भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।
मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिइएको छ ।













प्रतिक्रिया दिनुहोस्