जनता टाइम्स

२९ जेष्ठ २०७८, शनिबार ०८:४५

सत्ताका लागि काँग्रेस हिंस्रक योजनाको नेतृत्व गर्दैछ भन्ने संकेत हो नाथुराम प्रकरण : बिष्णु रिमाल


काठमाडौं, जेठ २९ । प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमालले सत्ताका लागि काँग्रेसले हिंस्रक योजना बनाएको तथ्य उसैको सांसदले खोलिदिएको भन्दै जवाफ माग्नुभएको छ ।

प्रधानमन्त्रीको हत्याको योजनासहित बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले आफू नाथुराम गोडसे हुन तयार रहेको बताएपछि एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्य सल्लाहकार रिमालले कांग्रेससँग जवाफ माग्नुभएको हो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका रिमालले सत्ताका लागि काँग्रेसले कहाँ कहाँ र कस्ता तानाबाना बुन्दैछ भन्ने खुल्दै जाने उल्लेख गर्नुभएको छ । रिमालले बैद्यको भनाइलाई ‘टङ स्लिप’ मात्र भन्न नसकिने बताउनुभएको छ । रिमालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रदेशसभा सदस्य बैद्यको यो भनाइ टङ स्लिप मात्र नभइ काँग्रेस हिंस्रक योजनाको नेतृत्व गर्दैछ भन्ने संकेत पनि हो ’ रिमालले लेख्नुभएको छ ।

रिमालले यस बिषयलाई लिएर काँग्रेस मात्र होइन विपक्षी गठबन्धनमाथि पनि प्रश्न गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘काँग्रेस र विपक्षी गठबन्धनले आफ्नो योजना थप स्पष्ट पारोस ।’