जनता टाइम्स

२२ कार्तिक २०८३, आइतबार ०९:४३

काठमाडौं महानगरका ३३ स्थानबाट फूल बिक्री सुरु, सवैजसो स्थानमा बिानैदेखि भीड


काठमाडौं, कात्तिक २२ । तिहारलाई लक्षित गरी काठमाडौं महानगरपालिकाले तोकेको विभिन्न ३३ स्थानमा स्वदेशी फूल बिक्री सुरु भएको छ । कामनपा वातावरण व्यवस्थापन विभागले तोकेको स्थानमा तिहार लागेसँगै फूलको विक्री सुरु भएको हो ।

महानगरपालिकाले तोकेको स्थानहरुमा आइतवार बिहानैदेखि व्यापारी र खरिदकर्ताको भीड लागेको छ । वातावरण व्यवस्थापन विभागले, “नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको छ।

कामपालेसमेत विगतका वर्षदेखि नै प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रूपमा निषेध गरेको” सूचना जारी गरेको छ ।

फूलको बढ्दो मागलाई स्वदेशी उत्पादनबाटै धान्ने र नेपाली किसानले उत्पादन गरेको फूललाई बजार सुनिश्चित गर्ने उद्देश्यले किसानलाई सिधै बजारको पहुँच दिन कामपाले यस किसिमको व्यवस्था गरेको दाबी गरिएको छ । महानगरको सौन्दर्य जोगाउन फूलको बिक्रिमा स्थान तोकिएको हो ।