जनता टाइम्स

२९ जेष्ठ २०७८, शनिबार १६:५९

योगेश भट्टराईको घोषणा : पार्टी बिभाजन भए माधवको पक्षमा लाग्दिन (भिडियोसहित)


काठमाडौं, जेठ २९ । एमाले नेता योगेश भट्टराईले एक अर्कातिर फर्किएर पार्टीभित्रको बिवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई सुझाव दिनुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धाएर माधव नेपालको राजनीतिक छवी कायम नहुने र अन्त कतै धारएर ओलीको हैसियत नबढने भन्दै नेता भट्टराईले एक अर्काप्रति बिश्वास गर्न सुझाउनु भएको हो ।एमालेभित्रको बिवाद सैद्धान्तिक बैचारिक नरहेको र पुस ५ पछि एक अर्कामाथि गरिएको कार्वाही नै मुख्य देखिएको भन्दै उहाँले अव मिल्नुको बिकल्प दुवै नेतासँग नरहेको बताउनु भयो ।

‘अव मिल्नुको बिकल्प छैन, दुवै नेताले इगो त्यागेर एकताको बाटो समाउनु पर्छ, अध्यक्ष केपी ओली माधव नेपालतिर र माधव नेपाल अध्यक्ष ओलीतिर फर्कनु पर्छ,’ सगरमाथा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नेता भट्टराईले भन्नुभयो, माधव जाने ठाउँ देउवा निवास बुढानिकलण्ठ होइन, अध्यक्ष रहेको बालुवाटार नै हुनुपर्छ ।’

माधव नेपाल एमालेमा फर्कदै नफर्कने, बिपक्षी गठबन्धनतिरै लागिरहने हो भने म त्यता लाग्दिन, म बढो प्रष्टसँग भन्न चाहन्छु, पार्टी बिभाजन भए म माधव नेपालको पक्षमा लाग्दिन

उहाँले माधव नेपाल इगो लिएर एमालेमा नफर्की देउवातिरै लागेर पार्टी फुटाएमा आफू नलाग्ने घोषणा पनि गर्नुभयो । ‘माधव नेपाल एमालेमा फर्कदै नफर्कने, बिपक्षी गठबन्धनतिरै लागिरहने हो भने म त्यता लाग्दिन, म बढो प्रष्टसँग भन्न चाहन्छु, पार्टी बिभाजन भए म माधव नेपालको पक्षमा लाग्दिन,’ भट्टराईले भन्नुभयो । एमालेमा बस्दै नबस्ने भनेर माधव हिडे नेपाल समुहभित्रै रहेका दुई तिहाई भन्दा बढी नेता कार्यकर्ताले साथ नदिने खुलासा पनि भट्टराईले गर्नुभएको छ ।

हेर्नाेस भिडियो