जनता टाइम्स

२९ जेष्ठ २०७८, शनिबार १८:४४

पृथ्वी सुब्बा गुरुङले दिए नवनियुक्त मुख्यमन्त्री पोखरेललाई बधाई (भिडियोसहित)


पोखरा, जेठ २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिनुभएको छ । प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै गुरुङले टेलिफोन गरी नवनियुक्त मुख्यमन्त्री नेपालीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुभएको हो ।

गत बिहीवार प्रदेश सभामा बिश्वासको मत पाउन नसकी मुख्यमन्त्रीबाट पदमुक्त हुनुभएका गुरुङले बिपक्षी गठबन्धनले बहुमत पुर्याएर सरकार गठनको दावी पेश गरेपछि आफूले कुनै दावी गर्नुभएको थिएन । पोखरेलको मात्र दावी परेपछि प्रदेश प्रमुख पौडेलले आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।