जनता टाइम्स

३० जेष्ठ २०७८, आईतवार १०:४७

राजदूत खतिवडाले सुझाए दोहोरो नागरिकताका लागि प्रवासी नेपालीले गर्नैपर्ने दुई काम (भिडियोसहित)


अमेरिका, जेठ ३० । नेपालका लागि अमेरिकी राजदूत डा. युवराज खतिवडाले प्रवासमा रहेका नेपालीलाई नेपालको संस्कृति नभुल्न सुझाव दिनुभएको छ । नेपाल अमेरिकन सामुदायिक केन्द्रको दोस्रो साधरणसभामामा बोल्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका राजदुत खतिवडाले प्रवासमा रहेका नेपालीले आफू रहने मुलुकसँगै नेपालको संकृतितर्फ बिशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

आफ्नो भाषा संस्कृतिलाई संरक्षण गर्दै आफू रहेको स्थानको भाषा संस्कृतिको ख्याल नगरे नेपाली हुनुको अर्थ नरहने पनि उहाँले प्रष्ट पार्नुभयो । यहाँ दोहोरो संस्कृतिको पालना गर्नैपर्छ, आफ्ना सन्ततीहरुलाई पनि त्यो जोगाइ राख्न पहल गर्नुपर्छ, खतिवडाले भन्नुभयो । दोहोरो नागरिकता चाहिने हो र नेपाली नागरिकता चाहिने हो भने हाम्रो भाषा संस्कृतिलाई यहाँ जोगाइ राख्न सक्नुपर्छ, खतिवडाले भन्नुभयो ।