जनता टाइम्स

३१ जेष्ठ २०७८, सोमबार १९:५६

देउवा र प्रचण्ड कोटेश्वरमा : स्थायी कमिटी बैठकमा सहभागी नहुन माधव नेपाललाई चर्को दवाव


काठमाडौँ, जेठ ३१। नेकपा (एमाले)को आन्तरिक संघर्ष अन्तिम चरणमा पुगेको समयमा फेरि चर्काउनका लागि नेपाली कांग्रेस र माओवादीले सक्रिय भूमिका खेल्न थालेका छन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको घरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्नुभएको छ ।

उहाँहरूले असार २ मा एमालेले बोलाएको स्थायी कमिटी बैठकमा आफ्ना समूहका सदस्यलाइ नपठाउन र आफू पनि नजान अनुरोध गरेको एक स्रोतले जानकारी दिएको छ । समूहभित्र दिन प्रतिदिन एक्लो बन्दै गएका माधव नेपाललाई समस्या भएको छ । केहीदिनअघि सचिव योगेश भट्टराईले नेपालले वुढानिलकण्ठ मोह नत्यागे पछि लाग्न नसक्ने बताउनुभएको थियो ।

त्यसपछि नेपालले आफू बुढानिलकण्ठ जाँदा नजिककाहरूकै बाट आलोचनाको शिकार भएको भन्दै कोटेश्वरमा निम्ता दिनुभएको नेपाल पक्षिय एक स्रोतले जानकारी दिएको छ । उहाँ बुढानिलकण्ठ जाँदा आफु पक्षिय नेताले समेत साथ छोड्नुका साथै काँग्रेस र माओवादीको इसरामा चलेको आरोप लगाउन थालेपछि आज यतै बोलाउनु भएको हो स्रोले भन्यो ।

उहाँहरूको बीचमा प्रतिनिधिसभा पुनस्थापना भएको अवस्थामा कसरी अघि बढ्ने भन्नेमा छलफल भैरहेको बुझिएको छ भने २ गतेको बैठकमा जसरी भएपनि एक आफु पक्षिय कुनैपनि सदस्यलाई उपस्थित नगराउन चर्को दवाव दिएको बुझिएको छ । एमाले जव मिलन विन्दूमा आइपुग्छ तव नेपाललाई चर्को दवाव दिन दुई दलका शिर्षनेताले घेरा बन्दि गर्ने गरेको एक नेताले बताउनुभयो ।