जनता टाइम्स

१ असार २०७८, मंगलवार १५:४३

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित


सुर्खेत, असार १

कर्णाली प्रदेशसभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । आज बसेको प्रदेशसभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख राजबहादुर शाहीका अनुसार नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी बर्षको बजेट ल्याउने बाटो खुलेको छ ।

चार बजे बस्ने अबको बैठकमा सरकारले आर्थिक बर्षको बजेट पेश गर्ने तयारी छ । कर्णालीमा एमाले सांसदहरुले कार्यक्रमको विपक्षमा मतदान गर्नुभएको छ ।