जनता टाइम्स

१ असार २०७८, मंगलवार १६:०४

प्रदेश–१ को बजेट भाषण शुरू, आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान


मोरङ, असार १

प्रदेश–१ को बजेट भाषण शुरू भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान गर्नुभयो । प्रदेश–१ मा १.१८ प्रतिशतले आर्थिक वृद्धि दर ऋणात्मक बनेको छ ।