रुपन्देही, असार ३
प्यूठानको झिमरुक नदीमा आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका(१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्किएको छ । सो मोटरेबल पुल चार दिन अगाडि मात्रै ढलान भएको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ ।
पुल भदौमा सञ्चालनमा ल्याउने तयारी थियो । संघीय सरकारबाट विनियोजित रकमबाट डबल स्पानको ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले जानकारी दिनुभयो । यता अबिरल बर्षाका कारण अर्घाखाँचीमा तीन घर भत्किएका छन् ।
सन्धिखर्क नगरपालिकाको वडा नम्बर १० को बेल्टारीका श्याम थापा र बासडाँडाँका नारायण आचार्यको घर भत्किएको छ । जिल्ला प्रकरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीका अनुसार पानीका कारण मालारानी गाउँपालिकाको वडा नम्बर ९ को हिले खोलामा घर गोठ भत्किएको र २ वटा बाख्रा मरेको छ ।













प्रतिक्रिया दिनुहोस्