जनता टाइम्स

४ असार २०७८, शुक्रबार १०:१९

यी हुन आफ्नै हाकिमसँग फिरौती माग्ने कार्यालय सहयोग


बारा, असार ४ । बाराको सुवर्ण गाउँपालिकाका कार्यालय सहयोगी आफ्नै कार्यालयका हाकिमसँग फिरौती मागेको अभियोगका पक्राउ परेका छ । प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा कार्यालय सहयोगी सुवर्ण गाउँपालिका–४ हर्दिया टोल बस्ने २८ वर्षीय मुकेशप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी यादवले फिरौती रकम माग गरी एक घण्टाभित्र नदिएमा गोली समेत प्रहार गरी हत्या गरी दिन्छु भनी पटक पटक फोन तथा मेसेज गरी फिरौती मागेको प्रहरीले जनाएको छ । अडियोसहितको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यादव उपर अपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।