काठमाडौं, असार ६ । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न निकट नेताहरुले सुझाव दिएका छन । उनीहरुले सिटौलालाई कार्यबहाक नदिएको अवस्थामा आगामी महाधिवेशनमा देउवाले सभापति नजित्ने आफूहरुको निश्कर्षसमेत देउवालाई नै सुनाएका छन ।
देउवाले वागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग आज गरेको छलफलमा सहभागी नेताहरुले यस्तो सुझाव र निश्कर्ष सुनाएका हुन । छलफलमा नेता भिमसेनदास प्रधानले कृष्ण सिटौलालाई कार्यवाहक दिएर अघि बढेमा महाधिवेशनमा नेतृत्व लिन सहज हुने नभए गाह्रो अवस्था रहेको तथ्य राख्नुभएको हो ।
‘सिटौलालाई कार्यवाहक सभापति दिऊँ, नभए तपाईं सभापति जित्नुहुन्न,’ देउवालाई प्रधानको सुझाव थियो । उहाँले उपसभापति बिमलेन्द्र निधिले साथ नदिने स्पष्ट पारिसकेपछि सिटौलालाई नै अघि बढाउँदा सहज हुने बताउनु भएको थियो । ‘सिटौलालाई कार्यबहाक सभापति बनाएर जाँदा दोस्रो राउन्डमा जित्ने सम्भावना बढी हुन्छ, नत्र हारिन्छ,’ देउवालाई प्रधानको सुझाव थियो ।













प्रतिक्रिया दिनुहोस्