जनता टाइम्स

६ असार २०७८, आईतवार १९:५९

काठमाडौं उपत्यकामा अब बारअनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खोल्न पाइन्छ ?(सूचीसहित)


काठमाडौं, असार ६ । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो तुल्याउँदै बार अनुसार व्यवसाय संचालन गर्न पाइने भएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा खुकुलो गर्दै अनुमति दिने निर्णय गरेका छन ।

नयाँ निर्णयअनुसार अव खाद्यन्न, किराना, दूध, मासु र तरकारी पसलहरु बिहान ११ बजेसम्म खुल्न पाउने भएका छन । यस्तै डिपार्टमेन्टल स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्न पाउने छन । सुनपसल, भाँडा, भान्साजन्य, विजुली पसल, इलेक्ट्रोनिक पसल आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने पनि आदेशमा जनाइएको छ ।

यस्तै निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म दैनिक खुल्न पाउने भएका छन् । ठूलो परिमाणको ढुवानीलाई राती मात्र गर्न अनुमति दिइएको छ । अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेकअवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म संचालनको अनुमति दिइएको छ । सवारी साधनका वर्कसप बेलुका ७ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

हेर्नाेस आदेशको पूर्णपाठ