जनता टाइम्स

७ असार २०७८, सोमबार १४:३४

भाडा बढाएर टुटल र पठाओ सेवा सुरु


काठमाडौं, असार ७

राइड सेयरिङ सेवा पठाओ आजबाट सञ्चालन भएको छ । पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातका अनुसार आज रातीबाट सेवा सुरु हुनेछ । अर्को राइड सेयरिङ सेवा टुटल भने भोलीबाट सञ्चालनमा आउने भएको छ । टुटलका सीईओ शिक्षित भट्टले जोरबिजोर प्रणाली लागू गरेर सेवा सुरु गरिने जानकारी दिनुभयो ।

पठाओले भने भाडा पनि बढाउने भएको छ । पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ मूल्य बढेको भन्दै भाडा पनि बढाउने तयारीमा आफूहरु रहेको क्षेत्रीय निर्देशक बस्न्यातले जानकारी दिनुभयो ।