जनता टाइम्स

७ असार २०७८, सोमबार १४:४३

बढ्यो सुनको भाउ, आजको मूल्य कति ?


काठमाडौं, असार ७

साताको दोस्रो दिन आज सुनको भाउ बढेको छ । आईतबार तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले बढेर ८९ हजार ९ सय ५० रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि ५ रूपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार १ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १० रुपैयाँ कायम गरेको छ ।