काठमाडौं, असार ८ । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीका चार सांसदविरुद्ध गरेका कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको भ्याकेड मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराइ र हरिप्रसाद फुयाँलले गर्नुहुने भएको छ । सार्वोच्चको आजको पेसी सूचीमा सो मुद्दाको सुनुवाइन न्यायाधीशद्वय भट्टराइ र फुयालको इजलासमा तोकिएको हो ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको उक्त कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट निवेदन दिनुभएको थियो । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले पार्टी ह्वीप विपरित काम गरेको भनी गरिएको सो कारवाही विरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
सो रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अधिवेश आयोजक समितिको कारवाही रोक्न अन्तरिम आदेश दिनुभएको थियो । सर्वाेच्चको सो आदेश पुनरावलोकनका लागि अध्यक्ष ओलीले निवेदन दिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्