जनता टाइम्स

८ असार २०७८, मंगलवार १४:३४

६ सयले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, असार ८

साताको तेस्रो दिन आज सुनको भाउ बढेको छ । सोमबार तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ६ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ ५ सय ५० रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि ५ रूपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।