काठमाडौं, असार ८
इन्जिनियर सुनिल कुमार ढुंगेल सान्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको छ । कम्पनीको जेठ २७ गते संचालक समितिको बैठकले ढुंगेललाई सीइओ नियुक्त गरेको हो । यसअघि प्रमुख कार्यकारी अधिकृत रहनुभएको किरणकुमार श्रेष्ठले पदबाट राजिनामा दिएपछि उहाँको स्थानमा ढुंगेल नियुक्त हुनुभएको हो ।
ढुंगेल खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त हुनुभएको हो । यसअघि उहाँ नेपाल विद्युत् प्राधिकरणको उप–कार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुनुहुन्छ । कम्पनीले रसुवामा १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।














प्रतिक्रिया दिनुहोस्