जनता टाइम्स

१० असार २०७८, बिहीबार १०:०५

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल प्रतिलिटर १ सय २७ पुग्यो


काठमाडौँ, असार १० । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले गयराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले बढाएको हो ।मूल्य बढेपछि काठमाण्डौ उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय १० रुपैयाँ र आन्तरिक हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । २०७१ मा स्वचालित मूल्य प्रणाली लागू गरेर लगातार ६ वर्ष नाफा कमाएको निगम पुनः घाटामा जान लागेको हो ।