सर्लाही, असार १२ । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या गरिएको छ ।
सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिनुभयो । एसपी राठोरका अनुसार वडाध्यक्ष श्रेष्ठको हत्यालगत्तै चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । सर्लाही प्रहरीका अनुसार गत शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम निरीक्षण गर्न जानुभएको थियो ।
नगरपालिकाको बजेटबाट भइरहेको पोखरी सौन्दर्यीकरणको काम निरीक्षणमा वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए । त्यही क्रममा सामान्य विवादमा एक्स्काभेटर चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेको प्रहरीको भनाइ छ । श्रेष्ठ नेकपा एमालेका नेता हुनुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्