काठमाडौं, असार १२ । निवर्तमान कृषि तथा पशुपंक्षीमन्त्री पद्मा अर्याल मन्त्रालयबाट बिदा भएको दुई साता बितेको छ । मन्त्रालयबाट बिदा भएपछि गृहजिल्ला फर्केर आफ्नै गाउँमा पूर्वमन्त्री अर्याल गाउँले जीवन, करेसाबारी र खेतीपातीमा रमाउनु भयो ।
‘मन्त्री हटेपछि कतिखेर गाउँ जाउँ भनेर म आइहाले,’ आफ्नै निवासमा कृषि कर्ममा रमाउनु भएकी अर्यालले भन्नुभयो । करेसाबारीमा काम गर्न निकै रमाउनु हुने पूर्वमन्त्री अर्याल शहर भन्दागाउँ नै रमाइलो लाग्ने र खेती गर्न मन पर्ने बताउनु भयो । अर्यालले पाँच महिना ११ दिन कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । तस्वीर सौजन्य : सुनौलो नेपाल







प्रतिक्रिया दिनुहोस्