जनता टाइम्स

१३ असार २०७८, आईतवार १२:३३

देउवाका वकिलसँग जंगिए प्रधानन्यायाधीश जवरा


काठमाडौं, असार १३ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितको मुद्दामा सुनुवाइ भइरहेका बेला देउवापक्षीय वकिलहरूको समय विभाजनप्रति प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले गम्भीर प्रश्न उठाउनु भएको छ । बिपक्षी गठबन्धनका कानून ब्यवसायीले दलीय भागबण्डा स्वीकार गर्न दवावसहित कानून ब्यवसायीको नाम उपलब्ध गराएपछि प्रधानन्यायाधीश जवराले प्रश्न उठाउनु भएको हो ।

देउवा पक्षधर कानून ब्यवसायीले बहसका लागि पाएका १२ घण्टामध्ये अब साँढे २ घण्टा बाँकी रहँदा सबै वकिलको दलीय आधारमा भागबण्डा पुर्याउन ३ मिनेटसम्मको समय बाँडफाँड गरेर इजलासमा पठाइएको छ । सो बिषयमा प्रधानन्यायाधीश जवराले असन्तुष्टिसहित प्रश्न उठाउनु भएको हो । आजको सुनुवाइमा बहस गर्न उभिनुभएकी वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई प्रधानन्यायाधीश जवराले ३ देखि ५ मिनेट बहस गरेर के हुन्छ ? भन्दै तिखो प्रश्न राख्नुभयो ।

‘३-५ मिनेट बहस गरेर के हुन्छ ? यो त जिस्काए जस्तो भयो । बहसमा उभिएर जाने हो र ? यति समयमा के बहस गर्नुहुन्छ ?’ राजभण्डारीलाई प्रधानन्यायाधीश जवराको प्रश्न थियो । देउवा पक्षधर कानून ब्यवसायीले इजलाशमा बहश भन्दा राष्ट्रपतिमाथि आरोपको बर्षा र आपत्तिजनक आक्षेप लगाउने बाहेक अन्य तर्क गर्न सकेका छैनन ।

उनीहरुले अदालतमा उपस्थित सांसदको संख्याका आधारमा अदालतबाटै सिधै देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश माग गर्नेबाहेक संबैधानिक आधार देखाउन सकेका छैनन । यही भएर इजलाशमा समेत जुलुस जसरी संख्या बढी देउाउन बहश होइन, उपस्थितिको अनुहार भिडाउन खोजिएको हो ।