जनता टाइम्स

१३ असार २०७८, आईतवार १४:२५

प्रदीप ज्ञवालीले गरे माधवको एकताबिरोधी षडयन्त्रको भण्डाफोर


काठमाडौं, असार १३ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्रप् माधवकुमार नेपालको पछिल्लो ब्यवहारप्रति कठोर टिप्पणी गर्नुभएको छ । कसैको इसारामा नेता नेपाल एमालेबिरुद्ध अभियान छेडने काममा लागेपछि प्रवक्ता ज्ञवालीले उहाँको पछिल्लो क्रियाकलापप्रति कठोर जवाफ दिनुभएको हो ।

शनिवार मात्रै नेता नेपालले एमालेमा नफर्कने घोषणा गर्नुभएपछि ज्ञवालीले माधवको ब्यवहार एमाले समाप्त पार्ने मिसनतिर रहेको प्रष्ट पार्नुभयो । ‘ एमालेको एकतालाई अक्षुण्ण राखेरमात्रै लोकतन्त्र, कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिन्छ भनेर प्रयत्नशील छौं । एमाले कमजोर हुँदा अप्ठ्यारोमा पर्छन् भनेर हर सम्भव प्रयत्न गरिरहेका छौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट जेठ २३ गते आह्वान भएको छ । तर, कमरेड माधव नेपालका व्यवहार एकतासँग ठ्याम्मै मेल खाने खालका छैनन् । एकतालाई एकता होइन, विभाजनलाई र एमालेको सरकारलाई कायम राख्ने होइन, जसरी पनि विस्थापित गर्ने काम गर्नुभएको छ,’ माधवको पछिल्लो भूमिकाबारे नेता ज्ञवालीले भन्नुभयो ।

यस्तो छ प्रवक्ता ज्ञवालीको टिप्पणी

हाम्रो तर्फबाट हरसम्भव प्रयास भएको छन् । औपचारिक÷अनौपचारिक प्रयास भएका छन् । एमालेको एकतालाई अक्षुण्ण राखेरमात्रै लोकतन्त्र, कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिन्छ भनेर प्रयत्नशील छौं । एमाले कमजोर हुँदा अप्ठ्यारोमा पर्छन् भनेर हर सम्भव प्रयत्न गरिरहेका छौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट जेठ २३ गते आह्वान भएको छ । तर, कमरेड माधव नेपालका व्यवहार एकतासँग ठ्याम्मै मेल खाने खालका छैनन् । एकतालाई एकता होइन, विभाजनलाई र एमालेको सरकारलाई कायम राख्ने होइन, जसरी पनि विस्थापित गर्ने काम गर्नुभएको छ । एमालेलाई श्रेष्ठ होइन, प्रतिपक्षीलाई काँधमा राखेर श्रेष्ठ राख्ने प्रयत्न गर्नुभएको छ । सीमित नेताहरुको चाहना होला तर स्थायित्वका पक्षधरको चाहना यो होइन । कार्यकर्ताको चाहना होइन । जनस्तरबाट टिकाटिप्पणी भइरहका छन् । आशा मारेका छैनौं । आन्दोलन र आफ्नो राजनीतिक जीवनलाई उहाँहरुले कसरी अगाडि बढाउनुहुन्छ ।