जनता टाइम्स

१३ असार २०७८, आईतवार १६:१०

सेवा बन्द हुने भन्दै ग्लोबल आइएमई क्यापिटलले शेयरधनीलाई गर्यो यस्तो आग्रह


काठमाडौँ, असार १३ । ग्लोबल आइएई क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरण गर्न आग्रह गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र शुल्क बुझाउन क्यापिटलले आग्रह गरेको हो । शेयरधनीहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेड तथा कनेक्ट आइपीएस, इ सेवा, आइएमई पेबाट डिम्याट खाता नविकरण शुल्क तिर्न सक्ने क्यापिटलले जनाएको छ । त्यसैगरी मेरो शेयर लिगेका ग्राहकहरुले सेवा सुरु गरेको १ वर्षभित्र नविकरण गनुपर्ने र नविकरण नगरेमा उक्त सेवा बन्द हुने क्यापिटलले जनाएको छ ।