जनता टाइम्स

३० जेष्ठ २०७६, बिहीबार ०९:५७

प्रधानमन्त्री ओली र फ्रान्सका समकक्षी फिलिपविच भेटवार्ता हुदै


काठमाडौं ।

फ्रान्सको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्दै हुनुहन्छ । उहाले आज साँझ आफ्ना समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । फ्रान्सका समकक्षी इडुवार्ड फिलिपसँग स्थानीय समय अनुसार साँझ पाँच बजे भेटवार्ता हुने बताइएको छ ।

भेटमा विशेष गरी पर्यटन र नेपालमा लगानीका लागि आव्हान गरिने भएको छ । यस्तै, जलवायु परिवतर्नका विषयमा नेपालले भोगिरहेको समस्याका बारेमा पनि अवगत गराउदै हुनुहन्छ । सो भेटवार्ता एक घण्टाको हुने बताइएको छ । यसअघि प्रधानमन्त्री ओली बुधबार लण्डनबाट भूमिगत रेलमार्गमार्फत् फ्रान्सको राजधानी पेरिस पुग्नु भएको थियो । पेरिस पुगे लगत्तै उहाले फ्रान्सका उद्योगी व्यवसायीसँग छलफल गर्नुभएको थियो ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आव्हान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिनुभयो । राजनीतिक स्थायित्व कायम भएको, कानुनी जटिलताहरु अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरिएकाले लगानीमा जोखिम नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। स्वीट्जरल्याण्ड बेलायत हुँदै फ्रान्स पुग्नु भएका प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।