काठमाडौं, असार १४ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विपक्षी गठबन्धनलाई भारतको धाप रहेको र माधवले भारतकै इसारामा दलीय प्रणालीको हुमर्त लिएको ठोकुवा गर्नुभएको छ ।
‘भारतको इशारामा विपक्षी गठबन्धनले देशमा भाँडभैलो मच्चाउन खोजेको भन्दै बिजुक्छले माधव नेपालले दलीय प्रणालीको हुमर्त लिएर विपक्षी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बताउनु भएको हो । देशमा यस्तो महामारी भएका बेला यहाँ जे भइरहेको छ भारतको इसारामा उपद्रो गराइदैछ । पाँच दल भनिएको विपक्षी गठबन्धन भारतको उक्साहटमा छ । माधव नेपालले एमालेमै रहेर अर्को पार्टीलाई कसरी प्रधानमन्त्री बनाउन सक्छन,’ बिजुक्छेले भन्नुभएको छ ।
बिजुक्छेले विपक्षी गठबन्धन चुनावका लागि बनेको हुनसक्ने भन्दै अहिले केपी ओलीभन्दा गतिला विपक्षी गठबन्धनका नेताहरु नभएको आफ््नो निश्कर्ष पनि सुनाउनु भयो । विघटित प्रतिनिधिसभामा एक सांसद रहेको नेमकिपा सत्ता पक्ष र विपक्ष कतैतिर खुलेको छैन । नेमिकपाले प्रतिनिधिसभा विघटनको भने समर्थन गर्दै चुनावले नै निकास दिने बताएको छ ।













प्रतिक्रिया दिनुहोस्