काठमाडौं, १५ असार । झापासहित चार जिल्लामा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यू भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार झापा, सिरहा, धनुषा र कपिलबस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको ज्यान गएको हो ।
सिरहा : सिरहा नगरपालिका १३ स्थित सडकमा स१ त ३९७२ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका १६ बस्ने २२ वर्षीय सुरज गोईतको घटनास्थलमै मृत्यु भएको छ ।
धनुषा : मिथिला नगरपालिका ७ सुखजोर पुल नजिक सडकमा ना३ ख ५१८३ नम्बरको ट्रक र बागमती प्रदेश ०२ ०२३ प ६२४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार ताप्लेजुङ फदिङमा गाउँपालिका बस्ने ४५ वर्षीय अमर लिङदेन र मोटरसाइकल चालक पाँचथर हिल्याङ्ग गाउँपालिका ३ बस्ने ३५ वर्षीय सागर लिङ्देन रहेका छन् । अमरको मोडेल अस्पताल लालगढमा र सागरको नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा : बुद्धशान्ति गाउँपालिका ४ बर्ने चोकस्थित सडकमा ना२ ख ९२६६ नम्बरको ट्रक र को८ प ७४२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बेलुका दुर्घटना हुँदा मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका ३ बस्ने ३५ वर्षीय मन कुमार राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु : यशोधरा गाउँपालिका(७ सुल्तनापुरमा खेत जोत्ने क्रममा लु।४ त ६६५६ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका(५ सुठौली बस्ने नबी मुसलमानको १४ वर्षीय छोरा आरिफ खानको सोमबार साँझ मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्