जनता टाइम्स

१९ असार २०७८, शनिबार ०८:३९

नारायणगढ-मुग्लिन सडकमा निरन्तर पहिरो (फोटोफिचर)


काठमाडौं, असार १९ । तीन दिन देखिको अविरल वर्षासँगै झरेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड आज पनि अबरुद्ध नै रहेको छ । बर्षासँगै तीन दिनदेखि निरन्तर खसेको पहिरोले आजपनि बाटो खुल्ने संभावना न्यून रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

बिगत ३ दिनदेखि नै अवरुद्ध मुग्लिन–नारायणगढ सडक हिजो साझ भने केहिबेर एकतर्फी संचालनमा ल्याउन सकिए पनि निरन्तर वर्षाका कारण दर्जनौ ठाँउमा पहिरो खसिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । निरन्तर बर्षाका कारण पहिरो पन्छाउन समेत कठिनाई भइरहेको प्रहरीको भनाई छ । सो सडक खण्डको चारकिलो डाडाँ र पाँचकिलोमा खसेको पहिरो करिब १८ घण्टा पछि हिजो साँझ ७ बजेतिर एकतर्फी खुलाएपनि भरपुर २९ स्थित सेतिदोभानमा अर्को नयाँ ठूलो पहिरो खसेपछि पुनः सडक अवरुद्ध भएको हो।

यस्तै मुग्लिन–नारायणगढ सडक खण्डको चौधकिलो, सेती दोभान, पाँचकिलो, चारकिलो, घोप्टेभिर, जलबिरे तथा कुरिनटार, मौवाखोला क्षेत्रमा यतिबेला निरन्तर वर्षा सङै पहिरो खसेको छ । सो पहिरो पन्छाउन दर्जन भन्दा बढी एक्साभेटर र प्रहरी परिचालन गरिएपनि बाटो खुलाउन कठिनाई भएको चितवन प्रहरीले जनाएको छ ।