जनता टाइम्स

२० असार २०७८, आईतवार १८:५७

काठमाडौं उपत्यकाको सवारीमा जोरबिजोर हट्यो, पर्सिदेखि सबै सार्वजनिक सवारीसाधन सञ्चालन


काठमाडौं, असार २० । कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको २ महिनापछि काठमाडौं उपत्यकामा निजी तथा सबै खालका सवारीसाधन चलाउन दिइने भएको छ ।

उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले आज सबै खालका सवारीसाधन चलाउन दिने निर्णयसँगै थप खुकुलो बनाउँदै असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ ।

त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाइएको छ । यो निर्णयसँगै अब माइक्रो, टेम्पोसमेत चल्न पाउनेछन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जारी गरेको आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको उल्लेख छ ।