काठमाडौं, असार २२
आज सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ । सोमबार तोलाको ९१ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९१ हजार ८ सय पुगेको हो । त्यस्तै तेजाबी सुनको भाउ पनि ९१ हजार रुपैयाँ प्रतितोलाबाट बढेर ९१ हजार ३ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ७ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४० रुपैयाँ कायम गरेको छ ।













प्रतिक्रिया दिनुहोस्