काठमाडौं, असार २४ । नेकपा एमाले प्रदेश २ ले संगठन कमिटीले बाँकी तीन जिल्लामा पनि अध्यक्ष र सचिव मनोनित गरेको छ । प्रदेश अध्यक्ष ज्वालाकुमारी साहका अनुसार रौतहट, बारा र सर्लाहीका अध्यक्ष र सचिव मनोनित गरिएको हो ।
बारा, रौतहट र सर्लाहीको अध्यक्षमा क्रमशः बलवीर चौधरी, तुलसीराज गिरी र राजनारायण साह मनोनित हुनुभएको साहले जानकारी दिनुभयो । यस्तै, बारा, रौतहट र सर्लाहीको सचिवमा क्रमशः मो. समिर, मनोजकुमार यादव र केदार खत्रीलाई मनोनीत गरिएको छ ।
सचिवमा मनोनित भएका तीनै जना पूर्वनेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरू हुनुहुन्छ । एमाले प्रदेश कमिटीले यसअघि नै प्रदेश २ का ५ जिल्लामा अध्यक्ष र सचिव मनोनित गरिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्