जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार १०:०२

दुनियाँ अन्धकारमा हुँदा हाम्रा पूर्खाहरु नजिकबाट ग्रहहरुलाई चिन्थे– प्रधानमन्त्रीले ओली


फ्रान्स, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल तीब्र गतिमा विकास गर्न सक्ने अवस्थामा पुगेको बताउनुभएको छ । फ्रान्सस्थित नेपाली दुतावासले बिहीबार दिउँसो आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब तीब्र गतिमा बिकास बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले अब नेपाल विद्वानहरुको देश हुने बताउदै ‘हाम्रो देश गरिब हुने कारण छैन, हामीसँग नुन पनि छ सुन पनि छ, हाम्रो मुलुक उर्बर छ,’ त्यसैले हामी केही वर्षभित्रमा समृद्ध राष्ट्रको बाटोमा अघि बढ्ने छौ ।

प्रधानमन्त्रीले नेपाल र फ्रान्सका बीचको कुटनीतिक सम्बन्ध औपचारिक ढंगले स्थापना भएको ७० बर्ष पूरा भएको सन्दर्भमा आफू फ्रान्सको भ्रमणमा आएको बताउनुभयो । नेपाल हेर्न लायक मुलुक रहेको भन्दै उहाँले नेपाल भ्रमण गर्न फ्रान्सेली नागरिकहरुलाई अनुरोध समेत गनुर््भयो । नेपाली दुतावासको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जेनेटिक मेमोरीको जडका कारण नेपालीहरुमा असाधारण खुबी रहेको दावी गर्नुभयो । इतिहासका बुँदा जोड्दै प्रधानमन्त्रीओलीले भन्नुभयो ‘हाम्रा पूर्खा चन्द्रमा पुगेका थिएनन् तर ग्रहहरुलाई नजिकबाट चिन्थे, कुन शुक्र, कुन वृहस्पति हो चिन्थे शनि कहाँनेर छ भन्ने कुरा थाहा हुन्थ्यो। दुनियाँ अन्धकारमा हुँदा हाम्रा पूर्खाहरु नजिकबाट ग्रहहरुलाई चिन्थे।’