जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार ११:०९

महालक्ष्मी विकास बैंक नयाँ शाखा नवलपुर कावसोतीमा


महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा नवलपुर जिल्ला, कावासोती नगरपालिकामा शाखाकार्यालयको समुद्घाटन गरेको छ । उक्तशाखाको समुद्घाटन कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले दीपप्रज्वलनका साथगर्नु भएको हो ।
कार्यक्रमकै क्रममा बैँकका नायब प्रमुखकार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताउनु भयो । महालक्ष्मीविकास बैंक लि.ले ग्राहकहितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादन मूलक क्षेत्रमा लगानीगर्दै आइरहेको जानकारी दिनुभयो ।

यसका अतिरिक्त बैंकले शाखा खोलिएका क्षेत्रमा सामाजिक हितका कार्यहरु पनि निरन्तर रुपमागर्दै आइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाउनु भयो ।
देशका शहरी तथाग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९६ वटा शाखातथा ३५ वटा एटिएमहरुमार्फत सेवाप्रदान गरिरहेको महालक्ष्मीविकास बैंक लि. को ग्राहक संख्या ४ लाख ५० हजार भन्दाबढी रहेको जानकारी दिएको छ ।