काठमाडौं, असार २८
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले आजको सर्वोच्च अदालतको फैसलाप्रति टिप्पणी गर्नुभएको छ । उहाँले लोकतान्त्रिक प्रणालीमा मुलुकलाई प्रधानमन्त्री दिने काम राजनीतिक दलहरूको प्रतिनिधित्व भएको संसदले गर्ने हो, राष्ट्रपति संस्थाले त्यसलाई औपचारिकता दिने भन्दै उहाँले कडा टिप्पणी गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ, लोकतान्त्रिक प्रणालीमा मुलुकलाई प्रधानमन्त्री दिने काम राजनीतिक दलहरूको प्रतिनिधित्व भएको संसदले गर्ने हो, राष्ट्रपति संस्थाले त्यसलाई औपचारिकता दिने हो । सर्वोच्च अदालतको आजको फैसलाबाट यही अभ्यास र मर्ममाथि प्रहार भएकोछ । लोकतन्त्रको महत्वपूर्ण पक्ष–नियन्त्रण र सन्तुलन अर्थात् शक्ति पृथकिकरण हो, त्यसैमाथि प्रहार भएको छ ! बहुदलीय व्यवस्थाको मर्म–संसदभित्रका कारवाहीमा संसदभित्रका सम्वन्धित राजनीतिक दलको ह्विप नलाग्ने आदेश गरेको छ !! लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि यसलाई स्वीकार गर्न सक्तैन । यसका विरूद्धको बृहद जनअभिमत निर्माण गर्नु अबको प्रमुख काम हो !!’













प्रतिक्रिया दिनुहोस्