जनता टाइम्स

३० असार २०७८, बुधबार १२:३९

कम्फर्टेवल सरकार बनेसंगै फरार पूर्वमन्त्री गच्छदार विशेष अदालतमा हाजिर


काठमाडौँ, असार ३० । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली का‌ग्रेसका नेता एव‌ पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा हाजिर हुनुभएको छ । ‘फरार रहेकाे भनिएका’ गच्छेदार आज अदालतमा हाजिर हुनुभएको हो ।

अदालतमा उहाँको प्रारम्भिक बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुने बताईएको छ ।यसअघि अदालतले बालाउँदा उपस्थित नभएपछि उहाँलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले उहाँको ठेगाना पत्ता नलागेको जनाएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कम्फर्टेवल सरकार गठन भएको भोलिपल्ट नै गच्छद्धार अदालत हाजिर हुनुभएको हो ।