जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार १९:००

प्रधानमन्त्री ओली फ्रान्सको सुन्दरनगरी शामोनी–मो ब्लाँमा


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली अहिले फ्रान्सको औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाले त्यहा आफ्ना समकक्षीसँग भेटवार्ता गरिसक्नु भएको छ ।

हिजो उहासँग भेटवार्ता गर्नुभएका प्रधानमन्त्री ओली आज फ्रान्सको सुन्दर शहर शामोनी–मो ब्लाँमा पुग्नु भएको छ । यो शहर पर्वतारोहण गतिविधीका लागि विश्वभर प्रसिद्ध रहेको छ ।

शामोनी शहर पुग्नु भएका प्रधानमन्त्री ओलीलाई त्यहाका मेयरले आइस एक्स उपहार दिनुभएको छ । सो आइस एक्स त्यही बनेको हो । त्यहा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मोरिश हर्जो,यो शहरका मेयर थिए, उनैले धवलागिरीको सफलतापूर्वक आरोहण गरेर संसारलाई सन्देश दिएका थिए, ८ हजार मिटरभन्दा अग्ला पर्वत पनि चढ्न सकिन्छ भनेर।’