काठमाडौं, असार ३० । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार सम्हालेलगत्तै प्रहरीमाथि हस्तक्षेप गर्नुभएको छ । परमादेश प्राप्त कम्पर्टेवल सरकारका गृहमन्त्री खाँणले आज कार्यभार सम्हाल्नु भएलगत्तै प्रहरी प्रधान कार्यालयलाई प्रहरी अतिरिक्त महानिरीक्षक –एआइजी) को सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएर हस्तक्षेप सुरु गर्नुभएको हो ।
मन्त्रीको ठाडो आदेशअनुसार गृह मन्त्रालयले आज एआईजी सरुवा कार्यान्वयन नगर्नका प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । सरुवा भएको ५ दिन नबित्दै अघिल्लो मन्त्रिपरिषदको निर्णय रोक्नका लागि गृह मन्त्रालयले निर्देशन दिएको हो । मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले परमादेश पाएर प्रधानमन्त्रीको शपथ लिनुभएको थियो भने गृहमन्त्रीमा बालकृष्ण खाँड नियुक्त भई आजैबाट कार्यभार सम्हाल्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच दिनअघि यसअघि एआईजी हरिबहादुर पाललाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरेको थियो । यस्तै निरज शाही अपराध अनुन्धान विभाग, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रद्युम्न कार्कीलाई सरुवा गरिएको थियो । यस्तै एआईजी विश्वराज पोखरेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज सरुवा गरी भर्खरै बढुवा हुनुभएका एआइजी सहकुल थापालाई मानव स्रोत शाखामा पदस्थापन गरिएको थियो । गृहमन्त्री खाँणले ती सवै निर्णय रोक्न निर्देशन दिनुभएको हो ।
गृहमन्त्रीको आदेशले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री तनावमा पर्नुभएको छ । सामान्यतया मन्त्रालयको हस्तक्षेपबिनै काम गर्दै आउनु भएका महानिरीक्षक थापा आज जंगबहादुर शैलीमा हुकुम आएपछि तनावमा पर्नुभएको सचिवालय स्रोतले जनताटाइम्सलाई बतायो । ‘गृहमन्त्रीले ठाडो आदेश दिएपछि अचिफसाप चनावमा पर्नुभएको छ, यसअघिका गृहमन्त्रीले यसरी कहिल्यै हस्तक्षेप गर्नुभएको थिएन,’ महारिीक्षकमा सचिवालयमा कार्यरत एक अधिकृतले भने ।













प्रतिक्रिया दिनुहोस्