जनता टाइम्स

३१ असार २०७८, बिहीबार १८:५९

११.३३ अंकले बढ्यो नेप्से, ८ अर्ब १४ करोडको कारोबार


काठमाडौं, असार ३१

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ६.९ अंकले बढेको छ । बुधबार स्थिरजस्तै रहेको बजारमा आज भने कारोबार रकममा पनि निकै सुधार देखिएको छ । आज २२३ कम्पनीका पाँच करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ७३ हजार २७२ पटक खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब १४ करोड ३६ लाख भन्दा धेरै भयो ।

बुधबार पाँच अर्ब ६५ करोडको मात्रै सेयर खरिद–बिक्री भएको थियो । आज ९ वटा कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, फाइनान्स, जलविद्युत्, माइक्रो फाइनान्स, म्यूचल फण्ड, निर्जीवन बिमा तथा व्यापार उपसमूहमा हरियाली छायो ।

ङादी पावर ग्रूपको सेयर मूल्य सबैभन्दा धेरै ९.४० प्रतिशतले बढ्यो भने १०.३५ प्रतिशतको कृषि विकास बैंकको डिबेन्चरको मूल्य ३.९० प्रतिशतले घट्न पुग्यो । आज ङादीसँगै रैराङ हाइड्रोपावर, गणपति माईक्रो फाइनान्सका लगानीकर्ता बजारबाट उच्च प्रतिफल पाए । गोर्खा फाइनान्स कम्पनीको सबैभन्दा धेरै ३६ करोड ६१ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो ।