जनता टाइम्स

३१ असार २०७८, बिहीबार १९:५२

एमालेले बोलायो स्थायी कमिटी बैठक, माधव नेपालसहित सवै सदस्यलाई पठाइयो खवर


काठमाडौं, असार ३० । नेकपा एमालेले शुक्रवार स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार महासचिव इश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाउनु भएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार बैठक ललितपुरको ग्वार्काेस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रवार १ बजे बस्नेछ । बैठकमा यसअघि नै तय गरिएको बिवाद समाधान कार्यदलको प्रतिवेदनसहित बिकसित राजनीतिक घटनाक्रमबारेको एजेण्डा रहेको छ ।

स्थायी कमिटी बैठकमा माधव नेपालसहित सवै नेताहरुलाई आमन्त्रण गरिएको केन्द्रीय कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।