मकवानपुर, साउन २ । मकवानपुर जिल्ला बकैया गाउँपालिका –५ का बिरबल काजि मोक्तान आफ्नो ४ जनाको परिवार सहित १० कठ्ठा पाखो बारीमा परम्परागत खेती गर्दै आउनुभएको थियो । परम्परागत खेति किसानीले मोक्तानलाई ६ महिना मात्रै खान पुग्ने अन्न पुग्ने गरेको थियो । खेतिपातिले ६ महिनामात्र खान पुग्ने भएपछि उहाँले ज्याला मजदुरी गरेर जीवन गुजारा गर्दै आउनु भएको थियो ।
उहाँले परिवार पाल्न एक बेकरी उद्योगमा उत्पादन भएको सामानहरू पसलसम्म पुर्याउने कामको सुरूवात गर्नुभयो । यसैक्रममा बिस्तारै काम सिक्दै दुनोट घरमै बनाई पसलहरूमा बेच्न सुरूवात गर्नुभयो । घरमै दुनोट उत्पादन व्यवसाय सुरू गरेपछि उहाले बिभिन्न सहकारी सस्था, स्थानिय बेकरी उद्योग, मकवानपुर उद्योग बाणिज्य सघं , युवा व्यवशायी स्वरोजगार कोष आदिबाट बिभिन्न समयमा तालिमहरू लिई ब्यबसायीक रूपमा बेकरीका सामानहरू उत्पादन गर्न सक्षम हुनुभएको छ । ठुलो लगानी गर्ने पैशा नहुँदा उहाँले युवा तथा साना व्यवसायी तथा स्वरोजगार कोष मकवानपुरबाट सहुलियतदरमा ऋण लिएर व्यवसायलाई ब्यवस्थितरुपमा संचालन गर्नुभएको छ ।
परम्परागत पेशा व्यवसायलाई सुधार गर्दै युवाहरूलाई स्वरोजगार बनाउने तथा बिपन्न बर्गको आर्थिक अवस्था उकास्ने उदेश्यले बकैया ५ मा रहेको पावस दुग्ध उत्पादक सहकारी सस्था ली ले युवा ब्यबसायी स्वरोजगार कोषको सहयोमा युवा व्यवसायीहरूलाई लगानी उपलब्ध गराईरहेको जानकारी पाएपछी उक्त सहकारी को शेयर सदस्य बनी स्वरोजगार कोषको कर्जाबाट सहुलियत ब्याजदरको दुईलाख रूपैयाँ कर्जा लगानी रकम प्राप्त गरि आधुनिक भट्टी, ओभन, लगायत मेसिन उपकरणको जडानगरी व्यवस्थितरूपमा उद्योग दर्ता गरी दिदीभाई बेकरी उद्योग सञ्चालन गर्नुभएको छ ।
उहाँको बेकरी उद्योगमा ६ जनाले नियमित रोजगारी पाईरहेका छन् । दैनिक १०० केजी बेकरी सामग्री उत्पादन गरिरहेकाले आम्दानी राम्रो भएको छ। उहाँले घरायसी खर्च गरी बाँकी रकम सहकारीहरुमा मासिक रुपमा बचत गरी हाल मासिक बचतमा गर्नुभएको छ । सहकारीमा नियमित वचत तथा किस्ता बुझाएको सहकारीले जनाएको छ ।
यसरी उहाँले युवा तथा साना व्यवसाय स्वरोजगार कोष मार्फत बेरोजगार युवाहरूलाई ऋण लगानी गरेर आधुकिन प्रविधिमामा आधारीत बेकरी उत्पादन व्यवसायबाट स्वरोजगारको अवसर प्राप्त गरि जिवनस्तर सुधार तथा आय आर्जनमा बृद्धि गरी नमुना उद्योगीरव्यवसायी बन्न सकिन्छ भनि अन्य बेरोजगार युवाहरूलाई प्रेरणाको स्रोत समेत बन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्