जनता टाइम्स

२ श्रावण २०७८, शनिबार १७:५३

ग्लोबल आइएमई बैंकको ७.९९ प्रतिशत ब्याज दरमा विशेष आवास कर्जा योजना


काठमाडौं, असार २। ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत ९प्रिमियम सहित० आकर्षक ब्याजदरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ग्राहकलाई लक्षित गरी यो योजना ल्याएको हो ।

यस विशेष आवास कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत(प्रतिशत छुट प्रदान गरिनेछ । बैंकले, कोरोना (कोभिड-१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजात पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ ।

ग्राहकले नेपालभरी ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षलाई बैंकले अनुरोध गरेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल तथा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।