जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १६:२१

माधव सकिन्छन, केपी ओली झनै शक्तिशाली बनेर सिंहदरवार फर्कन्छन : पूर्वमन्त्री घले (भिडियोसहित)


काठमाडौं, साउन ३ । बरिष्ठ राजनीतिज्ञ तथा पूर्वमन्त्री भद्राकुमारी घलेले केपी ओली झनै बलियो बनेर सिंहदरवारमा साशन गर्न आउने ठोकुवा गर्नुभएको छ । सर्वाेच्च अदालतको गैरसंबैधानिक फैसलामार्फत ओलीलाई बालकोट पठाए पनि ओली झनै शक्तिशाली बनेर सिंहदरवार फर्कने घोषणा गर्नुभएको हो ।

‘केपी ओली फेरि ल्याउनु पर्छ, नेपाली जनताले नेपाल बनाउने हो भने ओलीलाई फेरि ल्याउनु पर्छ, योग्य मान्छे चाहियो नि बाबु देश हाँक्न,’ एक अन्तर्वार्तामा समाजसेवीसमेत रहनुभएकी पूर्वमन्त्री घलेले भन्नुभयो, ‘केपी ओली बिकाश गर्ने नेता नै हुन भन्ने प्रमाणित भयो कामबाटै ।’ उहाँले कामका आधारमा केपी ओली राजा महेन्द्रपछिको पहिलो नेता भएको ठोकुवा पनि गर्नुभयो ।

‘राजा महेन्द्र एक नम्बर, केपी ओली दुई नम्बर दिएको छु मैले,’ घलेले भन्नुभयो । घलेले माधव नेपाल सोह्रै आना गलत रहेको तथ्य पनि राख्नुभयो । ‘माधव नेपाल त सोह्रै आना गलत छन, केपीलाई षडयन्त्रपूर्वक बालुवाटारबाट निकालेर बालकोट पुर्याएका छन, केपी ओली बालकोटमा साँद लगाइ राख्नुभएको छ, झन तिखो भइरहनु भएको छ,’

‘राजा महेन्द्र एक नम्बर, केपी ओली दुई नम्बर दिएको छु मैले,’ घलेले भन्नुभयो । घलेले माधव नेपाल सोह्रै आना गलत रहेको तथ्य पनि राख्नुभयो । ‘माधव नेपाल त सोह्रै आना गलत छन, केपीलाई षडयन्त्रपूर्वक बालुवाटारबाट निकालेर बालकोट पुर्याएका छन, केपी ओली बालकोटमा साँद लगाइ राख्नुभएको छ, झन तिखो भइरहनु भएको छ,’ घलेले भन्नुभयो ।

हेर्नाेस भिडियो