जनता टाइम्स

४ श्रावण २०७८, सोमबार ०९:५०

बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी


काठमाडौं, साउन ४ । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । यो सूचना माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाइ समेत दिइसकेको पाइएको छ ।

एमालेभित्रको आन्तरिक विवाद थप पेचिलो भएपछि एकजना उपाध्यक्ष डा भीबहादुर रावलले हिजो नै सांसद पदबाट राजीनामा दिनुभएको छ । उहाँले राजनीति थप अनैतिक भएकाले आफूले राजिनामा दिएको बताउनुभयो । उहाँ एमसिसिको विरुद्धमा हुनुहुन्छ ।

यो सरकार एमसिसी पास गर्न र नेपाललाई अन्तराष्टिय शक्ति राष्ट्रको क्रिडास्थल बनाउन तथा विभिन्न मुद्धामा थुनामा रहेका ब्यक्ति छुटाउ बनेको हुँदा उहाँले राजनीनामा दिएको हुन सक्ने एक नेता बताउनुहुन्छ । उक्त नेताले भन्नुभयो,’प्रधानमन्त्रीमा नियूक्त भएको पहिलो दिनमै गच्छद्धारले छुट्करा पाउनु हिजोको संदनमा देउवाले रेशम चौधरीको नाम लिनु तथा देउवाले भन्दै आउनुभएको आलमलाई छुटाउन खोज्नु यो सवै रुप रेखा देखि सकेको छ ।

यता गौतम उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएका कारणले केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर कार्यकर्तासँग गरेको वाचा तोडेको स्रोतले जनाएको छ । उहाँ केन्द्रीय कमिटी बैठकपछि बसेको दुइवटा स्थायी कमिटी बैठकमा लगातार अनुपस्थित हुनुभएको छ । उहाँलाइ प्रचण्डले कन्भिन्स गरेको स्रोतले जनाएको छ । उहाँ सरकारमा सहभागी हुने निश्चित भैसकेका कारण शेरबहादुर देउवालाई विश्वासको मत नदिन पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताउदै आउनुभएको थियो ।

सर्वोच्च अदालतको आदेशबमोजिम सांसदलाई स्वविवेक अधिकार रहेको गौतमले जिकीर गर्नुभएको छ । गौतमले संविधानको धारा ७६ (५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताउनुभएको हो । कुनै पनि संस्थाले आफ्ना सदस्यलाई स्वविवेकीय अधिकार दिन्छ भने त्यो उच्चस्तरको लोकतान्त्रिक अभ्यास मानिने छ गौतमले बताउनुभयो ।