काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गर्नुभएको छ । जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर प्रधानमन्त्री देउवाले आजबाट सुरु भएको अभियान शुभारम्भ गर्नुभएको हो । खोप सुभारम्भ कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री देउवाले उक्त खोप केन्द्रको निरिक्षण गर्दै भीडभाड नगरी खोप लगाउन निर्देशन दिनुभयो । अमेरिकाले नेपाललाई अनुदानमा दिएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मीलाई दिइँदै छ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले अमेरिकी समकक्षीलाई पत्र लेखेरै खोप दिन बिशेष आग्रह गर्नुभएपछि अमेरिकाले सो खोप नेपाल पठाएको हो ।













प्रतिक्रिया दिनुहोस्