काठमाडौं, साउन ४ । नेपाली बजारमा आज सोमवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई सय बृद्धि भई ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १२९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्