जनता टाइम्स

४ श्रावण २०७८, सोमबार १५:१८

ओली निवास बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै


काठमाडौं, साउन ४

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो ३ः३० बजेपछि बस्न लागेको स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्माले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गर्ने र भोलि बस्ने केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय हुने बताइएको छ ।

आजको केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना सांसदसँग स्पष्टीकरण सोधेको छ । स्थायी कमिटी बैठकमा २४ घण्टे स्पष्टीकरणपछि उनीहरूमाथि कस्तो कारबाही गर्ने भन्नेबारेसमेत छलफल हुने बताइएको छ ।