जनता टाइम्स

४ श्रावण २०७८, सोमबार १६:००

मेरोशेयर एपको डिजाइन परिवर्तन, फिंगरप्रिन्ट लग ईनसहित के–के थपिए कन्टेन्ट ?


काठमाडौं, साउन ४

सिडीएस एण्ड क्लियारिङ लिमिटेडले मेरोशेयर एपको डिजाइन परिवर्तन गरेको छ । सिडीएसले आइतबारबाट डिजाइन परिवर्तन र केहि फिचर थप गरिएको एप संचालनमा ल्याएको हो । एपमा फिंगरप्रिन्ट लगईनको सुविधा थप गरिएको छ । एक पटक आफ्नो आईडी पासवर्ड हालेर लागिन गरिसकेपछि फिंगरप्रिन्ट लगइन सेट गर्न सकिन्छ । त्यस्तै एपको लेआउट पनि परिवर्तन भएको छ ।

यसअघि एपमा हुने अप्सनहरु देब्रेपटि रहने गरेकोमा अब भने एपको तल राखिएको छ । माई शेयर अप्सनमा आफुसंग भएको कम्पनीको शेयरको विवरण हेर्न सकिन्छ भने यदि शेयर फ्रिज भएको, प्लेजमा रहेकोलगायतका विवरण पनि त्यसबाटै हेर्न सकिन्छ । त्यस्तै नयाँ आर्थिक वर्षदेखि लागु भएको पुँजीगत लाभकरको दर अनुसारको विवरण प्रविष्ट गर्नको लागि माइ पर्चेच सोर्ससँगै माई होल्डिंग अप्सन पनि थप भएको छ ।

एपमा थपिएको नयाँ फिचर प्रयोग गर्न प्ले स्टोरमा गएर एप अपडेट गर्नुपर्ने हुन्छ । प्लेस्टोरमा गएर एप अपडेट गरेपछि नयाँ लेआउट सहितको एप प्रयोग गर्न सकिन्छ । यदि प्ले स्टोरमा अपडेट अप्सन नदेखिए दाहिने तर्फ माथि रहेको ३ वटा डटमा क्लिक गरेर अटो अपडेट ओप्सनलाई हटाएर प्ले स्टोर खोलेपछि अपडेट अप्सन देखिन्छ । नयाँ लाभकर गणनाको विधि अपडेट गर्दा मेरोशेयरको डिजाइन पनि परिवर्तन गरिएको हो ।

यससंगै आफुले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा भएको छ भने लाभकर तिर्नु पर्दैन ।